स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
सारांश
- इरानी समाचार संस्था मेहर न्युज एजेन्सीका अनुसार इरानले स्ट्रेट पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको केही घण्टापछि उक्त घटना भएको हो ।
- आईआरजीसी नौसेनाले अनुमति बिना स्ट्रेट पार गर्ने प्रयास गरेपछि ती दुई जहाजलाई निशाना बनाइएको दाबी गरेको छ ।
- हालसम्म ती जहाज कुन देशका थिए, कसको स्वामित्वमा थिए वा जहाजमा रहेका चालकदलको अवस्था कस्तो छ भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी समाचार संस्था मेहर न्युज एजेन्सी (एमएनए)का अनुसार इरानले स्ट्रेट पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको केही घण्टापछि उक्त घटना भएको हो ।
आईआरजीसी नौसेनाले जारी गरेको भनिएको वक्तव्यमा अनुमति बिना स्ट्रेट पार गर्ने प्रयास गरेपछि ती दुई जहाजलाई निशाना बनाइएको उल्लेख गरिएको छ ।
हालसम्म ती जहाज कुन देशका थिए, कसको स्वामित्वमा थिए वा जहाजमा रहेका चालकदलको अवस्था कस्तो छ भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
यसअघि इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सैन्य आक्रमणपछि क्षेत्रको सुरक्षा अवस्था बिग्रिएको भन्दै स्ट्रेट अफ होर्मुज सबै तेल ट्यांकर र व्यापारिक जहाजका लागि बन्द गरिएको घोषणा गरेको थियो । उक्त घोषणामा जलमार्ग प्रयोग गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिइएको थियो ।
जहाजमाथि आक्रमण भएको दाबी हालसम्म केवल इरानी सरकारी सञ्चारमाध्यम र इरानी सैन्य स्रोतहरूले मात्र गरेका छन् । अन्तर्र्रष्ट्रिय समुद्री सुरक्षा निकायहरू, अमेरिकी अधिकारीहरू वा अन्य स्वतन्त्र स्रोतहरूले यस घटनाको पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपटक पाएको मतका आधारमा दम्भ नदेखाउन सरकारलाई पन्तको चेतावनी
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निश्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
-
अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
-
सरकार कूटनीतिक माध्यमबाट सीमा सम्बन्धी विवाद समाधान गर्न प्रतिबद्ध छः परराष्ट्रमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण