३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
बागलुङ । बागलुङका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरूद्धकाे खोप प्रदान गरिने भएको छ।
गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरुलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।
आगामी असार १ गतेबाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
उनका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको हो।
ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्न तथा सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण