उमेर ४५ वर्ष पुगिसक्यो ? यसरी ल्याउनुस् अनुहारमा प्राकृतिक चमक
सारांश
- उमेर बढ्दै जाँदा अनुहारमा चाउरी देखिन थाल्छ, तर ४५ वर्ष नपुग्दै बुढ्यौलीको संकेत देखिएमा गलत खानपान प्रमुख कारण हुन सक्छ ।
- सही पोषणयुक्त आहारले छालालाई भित्रबाट स्वस्थ राखेर प्राकृतिक चमक कायम राख्न मद्दत गर्छ ।
- बेरिज, काक्रो, अनार र बदाम जस्ता खानेकुराहरू नियमित सेवन गर्दा छालाको स्वास्थ्य सुधारिनुका साथै अनुहार उज्यालो र हाइड्रेटेट रहन्छ ।
काठमाडौँ । उमेर बढ्दै जाँदा अनुहारमा यसको असर देखिन थाल्छ । तर धेरैजसो मानिसमा ५० वर्षपछि मात्र चाउरी स्पष्ट देखिन्छन् । तपाईंको अनुहारमा ४५ वर्षभन्दा अगाडि नै बुढ्यौलीको संकेत देखिन थालेको छ भने यसको एउटा प्रमुख कारण गलत खानपान पनि हुन सक्छ ।
सही पोषणयुक्त आहारले छालालाई भित्रबाटै स्वस्थ राख्न मद्दत गर्छ, जसले प्राकृतिक चमक कायम राख्छ । विशेषज्ञहरूका अनुसार केही खानेकुराहरू नियमित रूपमा सेवन गर्दा छालाको स्वास्थ्य सुधारिन सक्छ । अनुहार उज्यालो देखिन थाल्छ र हाइड्रेटेट पनि रहन्छ ।
बेरिजः
तपाईंले आफ्नो आहारमा समावेश गर्नै पर्ने फल हो बेरिज । तपाईंले दिनँहु रुपमा ब्लुबेरी, स्ट्रबेरी, सुन्तला र अम्बा अत्यन्त लाभदायक खानु भयो भने यी फलहरूमा पाइने एन्टिअक्सिडेन्ट र पोषक तत्वहरूले शरीरमा कोलेजन उत्पादनलाई बढाउन मद्दत गर्छन् । जसले छालालाई टाइट र चम्किलो बनाउँछ । नियमित सेवनले झुर्रीहरू कम गर्न पनि सहयोग गर्छ ।
काक्रोः
काक्रो पनि छालाको लागि निकै उपयोगी मानिन्छ । यसले छालाको ग्लो कायम राख्न मद्दत गर्छ । काक्रोलाई सकेसम्म नताछीकन खानु पर्छ । यसमो पाइनले एन्टिअक्सिडेन्टले छालालाई भित्रैबाट सुधार्ने काम गर्छ । साथै यसले फ्रि र्याडिकल्ससँग लडेर छालालाई भित्रबाट सुधार गर्छ । यसलाई सलाद, जुस वा तरकारीको रूपमा नियमित खान सकिन्छ ।
अनारः
अनारलाई पनि छालाको चमक बढाउने उत्कृष्ट फल मानिन्छ । यसमा पाइने शक्तिशाली एन्टिअक्सिडेन्ट र ट्यानिन्सले छालाको निखार कायम राख्न मद्दत गर्छन् । अनारले रगतको गुणस्तर सुधार्न सहयोग गर्ने भएकाले अनुहारको प्राकृतिक चमकमा सुधार देखिन थाल्छ ।
बदामः
तपाईंले बदामलाई आफ्नो आहारको हिस्सा बनाउन सक्नु हुन्छ । यो पनि छालाको लागि अत्यन्त लाभदायक हुन्छ । यसमा भिटामिन ई, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यी तत्वहरूले छालालाई क्षति हुनबाट जोगाउँछन र छालालाई स्वस्थ तथा चम्किलो राख्न मद्दत गर्छन् ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण