शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक

शनिबार, ३० जेठ २०८३, ०९ : ००
शनिबार, ३० जेठ २०८३

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीको कार्यविभाजनप्रति कालिकाेटमा असन्तुष्टि बढेको छ। विशेषगरी साबिक नेकपा एकीकृत समाजवादीका नेताहरूले विभाजन प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

साबिक समाजवादीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले उक्त विषयमा छुट्टै बैठकको आयाेजन गरेका छन्।

अध्यक्ष गाउँलेका अनुसार साबिक एकीकृत समाजवादीको हकमा नेतृत्व टुङ्गो लगाइदा इन्चार्ज पाइएको जिल्लामा साबिक पार्टी इन्चार्ज र संयोजक पाइएको जिल्लामा साबिक संयोजक मध्येबाट बनाइएको छ । यद्यपि कालिकोटमा संयोजक बनाइदा जिल्ला अध्यक्षबाट नभई साबिक इन्चार्ज बाट बनाइयो । 

नेतृत्व विधि र साबिक कमिटी भन्दापनि व्यक्ति टिपेर कार्यविभाजन गरेपछि विधिको पक्षमा आफूहरूको असन्तुष्टि भएको उनले बताए।

'कुनै मापदण्ड मै नटेकेर नेतृत्व छान्दै जाने यो परिपाटी स्वीकार गरौँ या नगरौँ, वडा सम्म यो प्रवृत्ति लगम या नलगम भनेर साबिक जिल्ला कमिटी बैठक आयोजना गरिएको हो,' उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप