कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
शनिबार, ३० जेठ २०८३, ११ : ०७
सारांश
- नख्खु कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सुनिल श्रेष्ठ सिन्धुपाल्चोकबाट पक्राउ परेका छन्।
- पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका श्रेष्ठ गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए।
- पक्राउ परेका श्रेष्ठलाई पुनः नख्खु कारागार पठाइएको छ।
काठमाडौं । नख्खु कारागारबाट फरार रहेका डाँका चोरी मुद्दाका एक कैदीलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका सुनिल श्रेष्ठलाई पक्राउ गरिएको हो।
दोलखाको सैलुङ गाउँपालिका–८ स्थायी घर भएका ४४ वर्षीय श्रेष्ठ गत भदौ २४ गते नख्खु कारागारमा भएको प्रदर्शनका क्रममा फरार भएका थिए।
फरार रहेका श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नख्खु कारागार, ललितपुर पठाइएको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
-
सुधन फर्किए, प्रश्न जीवितै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण