शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)

शनिबार, ३० जेठ २०८३, १७ : ३५
शनिबार, ३० जेठ २०८३

सारांश

  • प्रदर्शनकारीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई सम्मान दिनुपर्ने र सीमा रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • उनीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौँ, भौगोलिक अखण्डताको रक्षा गरौँ जस्ता प्लेकार्ड प्रदर्शन गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन् ।

काठमाडौँ । सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध नेकपा माओवादीले प्रदर्शन गरेको छ । शनिबार सो पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

IMG_1427

उनीहरुले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गराैँ, भौगोलिक अखण्डताको रक्षा गराैँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री माफी माग्नुपर्ने जनाएको छ । 

शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका– ५ थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका थिए । 

IMG_1428IMG_1431IMG_1432IMG_1433IMG_1436IMG_1438 (1)IMG_1439IMG_1526IMG_1529IMG_1533

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप