सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
शनिबार, ३० जेठ २०८३, २२ : १९
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गरेकाे प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बहुमतले परित गरिएको हो ।
यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले वार्षिक नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रदेशसभा सदस्यहरुबाट छलफलका क्रममा आएका सुझावलाई बजेट वक्तव्यमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण