आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
फिफा विश्वकप २०२६

LIVE UPDATES : इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन

आइतबार, ३१ जेठ २०८३, ०१ : ४५

सारांश

  • विश्वकप फुटबलअन्तर्गत समूह 'बी' को पहिलो खेलमा कतार र स्विट्जरल्यान्ड आज आमनेसामने हुँदैछन् ।
  • यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२:४५ बजे अमेरिकाको सान्ता क्लारामा सुरु हुनेछ ।
  • दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेलेको छ । खेलको अन्तिम समयसम्म हारतर्फ धकेलिएको कतारले इन्जुरी समयमा गोल गर्दै अंक खोस्न सफल भयो ।
निर्धारित ९० मिनेटको खेल सकिएर थप गरिएको समयको चौथो मिनेटमा कतारका डिफेन्डर बुआलेम खुखीले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । खुखीको यो गोलसँगै कतारले विश्वकपमा महत्वपूर्ण एक अंक बटुलेको छ ।

विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै इतिहास रचेको छ । खेलको अन्तिम समयसम्म हार नजिक पुगेको कतारले नाटकीय पुनरागमन गर्दै विश्वकप इतिहासकै पहिलो अंक जोड्न सफल भएको हो ।

अमेरिकाको सान्ता क्लारामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा स्विट्जरल्यान्डले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । निर्धारित ९० मिनेटको खेल सकिएर थपिएको इन्जुरी समयको चौथो मिनेटमा कतारका डिफेन्डर बुआलेम खुखीले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । खुखीको यो गोल विश्वकप इतिहासमा कतारको लागि दोस्रो गोल समेत बनेको छ ।

इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेलेको छ । खेलको अन्तिम समयसम्म हारतर्फ धकेलिएको कतारले इन्जुरी समयमा गोल गर्दै अंक खोस्न सफल भयो ।

कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु भएको छ ।

पहिलो हाफमा १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गरेको गोलको मद्दतले स्विट्जरल्यान्ड १–० ले अगाडि रहेको छ । अबको ४५ मिनेट कतारका लागि खेलमा फर्कन निर्णायक हुनेछ भने स्विट्जरल्यान्ड आफ्नो अग्रतालाई कायम राख्दै जित सुनिश्चित गर्न चाहन्छ ।

पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्यान्डबीच जारी प्रतिस्पर्धाको पहिलो हाफ सकिएको छ । अमेरिकाको सान्ता क्लारामा भइरहेको खेलको पहिलो ४५ मिनेटको समाप्तिसम्म स्विट्जरल्यान्डले कतारमाथि १(० को अग्रता बनाएको छ ।

खेलको सुरुवाती समयदेखि नै कतारमाथि दबाब बनाएको स्विट्जरल्यान्डले १७ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढ्दै गरेका रेमो फ्रुलेरलाई कतारी गोलकिपर महमुद अबुनादाले डि–बक्सभित्र लडाएपछि रेफ्रीले स्विट्जरल्यान्डलाई पेनाल्टी दिएका थिए । सोही अवसरलाई सदुपयोग गर्दै स्ट्राइकर ब्रेएल एम्बोलोले गोलमा परिणत गरे ।

पहिलो हाफमा कतारले केही राम्रा मुभहरू बनाउने प्रयास गरे पनि स्विट्जरल्यान्डको बलियो रक्षापङ्क्ति तोड्न सकेन । सन् २०२२ को खराब प्रदर्शन सुधार्ने लक्ष्यका साथ मैदान उत्रिएको कतार पहिलो हाफमा एक गोलले पछि परेपछि अब दोस्रो हाफमा थप दबाबमा रहनेछ ।

स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जारी खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १-० को अग्रता दिलाएका छन् ।

ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढिरहेका रेमो फ्रुलेरलाई कतारी गोलकिपर महमुद अबुनादाले डि–बक्सभित्र लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य

काठमाडौँ । चार वर्षअघि आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दाको तुलनामा यस पटक कतार आफ्नो प्रदर्शनमा सुधार गर्ने दाउमा छ । सन् २०२२ को विश्वकप कतारका लागि बिर्सनलायक बनेको थियो, जहाँ उसले समूह चरणका तीन वटै खेल हारेको थियो । ७ गोल खाँदा मात्र १ गोल गर्न सकेको कतार दुई खेलपछि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसपटकको विश्वकपमा स्थान बनाउन पनि कतारले निकै संघर्ष गर्नुपरेको थियो । एसियाली छनोटका क्रममा कतारले ५ खेलमा हार बेहोरेको थियो, जुन विश्वकपमा छनोट भएका अन्य एसियाली राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो । सुरुमा सिधै छनोट हुन नसके पनि चौथो चरणको ‘मिनी समूह’ मा शीर्ष स्थानमा रहँदै कतारले विश्वकपको यात्रा पक्का गरेको हो ।

स्विट्जरल्यान्डविरुद्ध मैदान उत्रिँदा कतार आफ्नो विगतको प्रदर्शनलाई बिर्साउँदै बलियो उपस्थितिको खोजीमा हुनेछ ।

पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त

कतार र स्विट्जरल्यान्डले शनिबार राति ००ः४५ (नेपाली समय)मा एकअर्काविरुद्ध खेल्दै आफ्नो विश्वकप २०२६ अभियानको सुरुआत गर्नेछन् । सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमनेसामने हुन लागेका हुन् । उनीहरू समूह ‘बी’ मा क्यानडा र बोस्निया–हर्जेगोभिनासँगै रहेका छन् । 

बलियो प्रतिद्वन्दीविरुद्ध ‘द मारुन्स’

कतारले सन् २०२२ मा आयोजक राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएपछि दोस्रोपटक विश्वकपको अन्तिम चरणमा स्थान बनाएको हो । सन् २०२२ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो । ‘द मारुन्स’ ले गत अक्टोबरमा युएईलाई २–१ ले हराउँदै यस वर्षको विश्वकपमा स्थान सुरक्षित गरेको थियो । त्यसयता टोलीले छ खेल खेलेको छ तर कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । मे महिनाको अन्त्यमा भएको मैत्रीपूर्ण खेलमा अइरिस रिपब्लिकसँग १–० ले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया