गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
आइतबार, ३१ जेठ २०८३, ०६ : १८
सारांश
- चर्चित सङ्गीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले कुटपिट गरेका छन्।
- कुटपिटका कारण अविरलको नाक र आँखामुनिको हड्डी भाँचिएको छ भने आँखामा समेत गम्भीर चोट लागेको छ।
- नाकको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका अविरललाई बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
काठमाडौँ । चर्चित सङ्गीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले उनीमाथि आक्रमण गरेका हुन् ।
कुटपिटका कारण अविरलको नाक र आँखामुनिको हड्डी भाँचिएको छ। अमेरिकामै रहेका उनका निकट सङ्गीतकार लक्ष्मण पौडेलका अनुसार अविरलको आँखामा समेत गम्भीर चोट लागेको छ।
केही समयपछि घटनास्थल पुगेका साथीहरूले उनलाई अस्पताल पुर्याएका थिए। उनलाई बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
उपचारमा संलग्न चिकित्सकहरूले उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। अविरल विगत एक वर्षदेखि सपरिवार अमेरिकामा बस्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण