सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
काठमाडौँ । सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले नाटक प्रदर्शन गर्न लागेको हो ।
नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागू पदार्थको दुव्र्यसनी, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ । सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने उक्त नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार नाटक असार ११ र १२ गते नगरका दुई विद्यालयमा प्रदर्शन गरिनेछ । असार ११ गते नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे र असार १२ गते नमोबुद्ध नगरपालिका वडा नं. ९, दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे उक्त सडक नाटक प्रदर्शन हुनेछन् ।
आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन् । नाटकमा चर्चित कलाकार प्रभाकरदेव शर्मा, कमलमणि नेपाल, अनामीका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अन्जु खड्काको अभिनय रहनेछ । यो नाटक बिस्तारै देशभर देखाइने योजना निर्देशकको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
-
विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोड ४७ लाखको बजेट (पूर्णपाठ)
-
बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
-
सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण