पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
सारांश
- पाकिस्तानको बलुचिस्तानमा बेपत्ता व्यक्तिका पक्षमा अभियान चलाउने अभियन्ता महरंग बलोचलाई अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
- बलुचिस्तान युनिटी कमिटी (बीवाईसी) की नेतृ बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको अभियोगमा दोषी ठहर गरिएको हो ।
- बलोचले आरोप अस्वीकार गरेकी छन् र मानवअधिकारकर्मीहरूले फैसला निष्पक्ष नभएको दाबी गर्दै पाकिस्तान मानवअधिकार आयोगले पुनरावलोकनको माग गरेको छ ।
पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा अभियान चलाउँदै आएकी मानवअधिकार अभियन्ता महरंग बलोचलाई २०२४ मा भएको एक प्रदर्शनका क्रममा अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
बलुचिस्तान युनिटी कमिटी (बीवाईसी)की नेतृ महरंग बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई हत्या तथा आतंकवादसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजन पक्षले उनीहरूले ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको आरोप लगाएको थियो ।
महरंग बलोचले आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरू र उनका कानुनी प्रतिनिधिहरूले अदालतको फैसला निष्पक्ष नभएको दाबी गरेका छन् ।
पाकिस्तान मानवअधिकार आयोगले पनि उक्त निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । महरंग बलोच बीबीसीको ‘१०० महिला २०२४’ सूचीमा समेत परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण