बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने

बुधबार, १० असार २०८३, ०९ : ३३
बुधबार, १० असार २०८३

सारांश

  • बाढी पूर्वानुमान महाशाखाले झापा, मोरङ, धनकुटा र आसपासका जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको न्यून जोखिम रहेको जनाएको छ।
  • महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको अवस्था सामान्य रहेको छ।
  • आगामी तीन दिन कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको न्यून जोखिम रहेको जनाएको छ। 

महाशाखाले आज सार्वजनिक गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार यी जिल्लाका स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरिएको हो।

महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको अवस्था भने सामान्य रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तलै रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी तीन दिनको बाढी पूर्वानुमान सार्वजनिक गर्दै भोलि र पर्सि पनि देशका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ। भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। 

वर्षाको मौसम सक्रिय भएसँगै नदी किनारका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ।

728533273_122224976336355476_1814589619770266004_n730771680_122224976384355476_2080875117637771145_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप