काठमाडौँ । उद्यम-व्यवसायमा स्थापित विदुषी राणा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् । जुत्ता ब्रान्ड ‘गोल्डस्टार’लाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सफल उनी देशलाई उत्पादनशील बनाउनका लागि नीति निर्माणमा योगदान दिन सांसद बनेको बताउँछिन् ।
‘नेपालमा उद्यम-व्यवसाय गर्नेहरुलाई नाफाखोर र फटाहा भन्ने गलत भाष्य बनाइएको छ, म यसलाई तोड्न चाहन्छु,’ उनी भन्छिन् । उनलाई संसदीय यात्रा अर्थपूर्ण लागिरहेको छ, केही रमाइलो पनि र केही चुनौतीपूर्ण पनि । तर संसद्मा हुने विभिन्न हर्कतले भने उनलाई केही वाक्क पनि बनाएको छ । एक दिन संसद् ‘रणमैदान’ जत्तिकै बन्दा उनलाई ‘यस्तो पनि हुन्छ र ?’ भन्ने पनि लाग्यो । विस्तृत भिडियोमा हेर्न सकिन्छ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
प्रतिक्रिया