बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस
सारांश
- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
- स्वास्थ्य मन्त्री निकट स्रोतका अनुसार डा.अजयकुमार झा, डा.योगेन्द्रप्रसाद सिंह र डा.विजयचन्द्र आचार्यको नाम सिफारिस भएको हो ।
- स्वास्थ्य मन्त्रालयले गत वैशाख १५ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
काठमाडौँ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री स्रोतका अनुसार डा.अजयकुमार झा, डा.योगेन्द्रप्रसाद सिंह र डा.विजय चन्द्र आचार्यको नाम सिफारिस भएको हो ।
‘३ जनाको नाम सिफारिस भएको पक्का हो । अझै फाइनल भएको छैन । फाइनल भएपछि भनौँला’ स्वास्थ्य मन्त्री निकट स्रोतले भन्यो । मन्त्रालयले भने सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको छैन ।
स्वास्थ्य मन्त्रालयले गत वैशाख १५ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले वैशाख १५ गते सूचना प्रकाशित गर्दै अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिम योग्य उम्मेदवारबाट आवेदन मागेको हो ।
यसै अनुरूप स्वास्थ्य मन्त्रालयले गत जेठ २७ गते सात जना प्रारम्भिक सूचीको नाम सार्वजनिक गरेको थियो । प्रारम्भिक सूचिमा डा. अजयकुमार झा, डा. जया श्रेष्ठ, डा.भावना वाग्ले, डा.योगेन्द्र प्रसाद सिंह, डा.लक्ष्मी नारायण सिंह, डा.विजयचन्द्र आचार्य र डा.विश्वराम पौडेल परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण