खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार, १० असार २०८३, १२ : ३१
सारांश
- कैलाली प्रहरीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
- प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट कुल ४० ग्राम ५९० मिलीग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- लागूऔषध नियन्त्रण ब्यूरोको शाखा र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले विशेष अपरेसनमा उनीहरूलाई पक्राउ गरेको थियो।
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
आज जिल्लाका विभिन्न स्थानहरूबाट कुल ४० ग्राम ५९० मिलीग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली, यस मातहतका प्रहरी कार्यालयहरू र लागूऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण नखुलाइए पनि उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण