ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
सारांश
- ओपनएआईले च्याटजीपीटी र अन्य एआई सेवाहरूलाई छिटो, प्रभावकारी र कम ऊर्जामा सञ्चालन गर्न 'जलापेन्यो' नामक आफ्नै कस्टम एआई चिप सार्वजनिक गरेको छ ।
- यो चिप ब्रोडकमसँगको सहकार्यमा च्याटजीपीटी र कोडेक्सका कम्प्युटिङ आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ ।
- प्रारम्भिक परीक्षणमा जलापेन्योले हाल उपलब्ध अत्याधुनिक चिपहरूको तुलनामा प्रति वाट ऊर्जा प्रयोगमा राम्रो प्रदर्शन देखाएको छ ।
न्युयोर्क । कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआईले बुधबार आफ्नो पहिलो कस्टम एआई (कृत्रिम बौद्धिकता) चिप ‘जलापेन्यो’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई च्याटजीपीटी र अन्य एआई सेवाहरूलाई अझ छिटो, प्रभावकारी र कम ऊर्जा खर्चमा सञ्चालन गर्न विकसित गरिएको जनाएको छ ।
यो चिप घरेलु चिप निर्माता कम्पनी ब्रोडकमसँगको सहकार्यमा तयार गरिएको हो । ओपनएआईका अनुसार जलापेन्यो विशेष रूपमा च्याटजीपीटी र यसको कोडिङ सहायक कोडेक्सका कम्प्युटिङ आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ । साथै, भविष्यमा आउने उन्नत एआई प्रणालीहरूको कार्यभार पनि यसले सम्हाल्न सक्ने दाबी गरिएको छ ।
कम्पनीले आफ्नो ब्लगमार्फत प्रारम्भिक परीक्षणमा जलापेन्योले हाल उपलब्ध अत्याधुनिक चिफहरूको तुलनामा प्रति वाट ऊर्जा प्रयोगमा उल्लेखनीय रूपमा राम्रो प्रदर्शन देखाएको जनाएको छ । ओपनएआई र ब्रोडकमले गत वर्ष १० गिगावाट क्षमताको एआई कम्प्युटिङ पूर्वाधार सञ्चालन गर्न कस्टम चिप विकास गर्ने योजना घोषणा गरेका थिए । बुधबार सो साझेदारीबाट विकसित पहिलो चिप सार्वजनिक गरिएको हो ।
हाल एआई क्षेत्रमा सक्रिय ठुला प्रविधि कम्पनीहरू आफ्नै चिप विकासतर्फ आकर्षित भइरहेका छन् । गूगल र एमाजनले पनि आफ्नै एआई चिपहरू विकास गरिरहेका छन् ।
यसले कम्पनीहरूलाई आफ्ना एआई मोडेलअनुसार हार्डवेयर अनुकूलन गर्न र एनभिडियाजस्ता चिप निर्मातामाथिको निर्भरता घटाउन मद्दत गर्छ । ओपनएआईले जलापेन्योलाई सामान्य प्रयोजनका लागि नभई आधुनिक लार्ज ल्याङ्ग्वेज मोडेलहरूका लागि विशेष रूपमा तयार गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण