चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
सारांश
- चितवन राइनोजद्वारा ललितपुरको सानेपामा आयोजित राइनोज रन कार्यक्रम ७०० भन्दा बढीको सहभागितामा सम्पन्न भएको छ।
- स्वस्थ जीवनशैली, खेलकुदप्रतिको आकर्षण र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यस दौड कार्यक्रमको आयोजना गरिएको थियो।
- चितवन राइनोज क्लबले आगामी दिनहरूमा पनि खेलकुद, स्वास्थ्य र सामाजिक एकता प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
ललितपुर । चितवन राइनोजद्वारा आयोजित राइनोज रन कार्यक्रम ललितपुरको सानेपास्थित मेल्टडाउनमा भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार आयोजना गरिएको यस दौड कार्यक्रममा ७०० भन्दा बढी धावक तथा फिटनेसप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
स्वस्थ जीवनशैली, खेलकुदप्रतिको आकर्षण तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूको उल्लेखनीय र ऊर्जावान् उपस्थितिले यस संस्करणलाई थप सफल र सान्दर्भिक बनाएको आयोजकले जनाएको छ।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहभागी, साझेदार संस्था, प्रायोजक, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति चितवन राइनोज क्लबले हार्दिक आभार व्यक्त गरेको छ।
भरतपुर, चितवनमा मुख्य कार्यालय रहेको चितवन राइनोज क्लबले आगामी दिनहरूमा पनि खेलकुद, स्वास्थ्य र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले मानवअधिकार आयोगमा पठाएको पत्रमा के छ ? (पूर्णपाठ)
-
पश्चिम एसियामा फेरि युद्धको बादल
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण