विवादमा तानिए गायक सुजन चापागाईं, भनेः फेक अकाउन्ट हुन सक्छ
सारांश
- गायक सुजन चापागाईंले इन्स्टाग्राममार्फत महिला तथा किशोरीहरूलाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्पष्टीकरण दिएका छन् ।
- उनले सामाजिक सञ्जाल म्यानेजर र फेक अकाउन्टहरूले आफ्नो नाममा गलत कार्य गरेको हुन सक्ने दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन् ।
- चापागाईंले अस्ट्रेलिया भ्रमणपछि नेपाल फर्किएर छानबिन प्रक्रियामा सहयोग गर्ने र दर्शक/श्रोताको विश्वास गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा अश्लील म्यासेज पठाएको आरोप खेपिरहेका गायक सुजन चापागाईंले यसबारे मुख खोलेका छन् ।
इन्स्टाग्राममार्फत विभिन्न महिला तथा किशोरीहरूलाई आपत्तिजनक सन्देश पठाएको भन्दै उनका च्याटहरूका स्क्रिनसर्ट भाइरल भएपछि चापागाईंले आफ्नो बचाउ गरेका हुन् ।
अहिले सांगीतिक भ्रमणको सिलसिलामा अस्ट्रेलियामा रहेका गायक चापागाईंले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै बाहिर आएका कतिपय कुराहरूले आफूलाई चिन्तित र दुःखी बनाएको उल्लेख गरेका छन् । उनले विगतमा आफूले नजिक ठानेका साथीहरूसँग म्यासेज आदानप्रदान गरेको कुरा सत्य भएको स्वीकार गर्दै त्यसबाट उत्पन्न परिस्थितिका लागि माफी मागेका छन् ।
म्यानेजर र फेक अकाउन्टलाई दोष दिँदै पन्छिन खोजे
आफूमाथि लागेको आरोपको बचाउ गर्दै चापागाईंले सामाजिक सञ्जालमा देखिएका सबै सामग्रीहरू आफ्ना नभएको दाबी गरेका छन् । उनले भनेका छन्, 'मेरो सोसियल मिडिया मैले मात्र ह्यान्डल गर्न सम्भव नभएको हुँदा विभिन्न कालखण्डमा सोसियल मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेको र सोही समयमा कहिँ कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ ।'
साथै, आफ्नै नाममा धेरै फेक अकाउन्टहरू समेत सक्रिय रहेको र तीमार्फत गलत कार्य भएको हुन सक्ने उनको ठहर छ । उनले यस्ता कार्यलाई ‘अनैतिक र अनुत्तरदायी हर्कत’ भन्दै कानुनी उपचारमा जाने बताएका छन् ।
नेपाल फर्किएपछि कानुनी उपचार खोज्ने
विवादित च्याटहरू सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चापागाईंको तीव्र आलोचना भइरहेको छ । विशेषगरी किशोरवयका बालबालिकाहरूसँगको अश्लील संवादलाई लिएर सर्वसाधारणले कानुनी कारबाहीको माग गरिरहेका छन् । यसबारे गायक चापागाईंले आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै अस्ट्रेलियाको सांगीतिक यात्रा सकिएलगत्तै नेपाल फर्किएर कानुनी उपचारमा जाने बताएका छन् ।
उनले आगामी दिनमा सामाजिक सञ्जाल साक्षरतालाई थप बलियो बनाउने र आफ्ना दर्शकस्रोताको विश्वास गुम्न नदिने बाचासमेत गरेका छन् । 'मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याको निम्ति माफी चाहन्छु,' उनले आफ्नो वक्तव्यको अन्त्यमा लेखेका छन् ।
हाल उनी ‘सुजन चापागाईं एन्ड दि इन्फिनिटी’ को सांगीतिक टुरका लागि अस्ट्रेलियामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण