फिफा विश्वकप २०२६
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
आइतबार, १४ असार २०८३, ०९ : १४
सारांश
- लियोनेल मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियममा समर्थकहरूले भव्य स्वागत गरे।
- प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई दोस्रो हाफमा मैदानमा उतारेपछि दर्शकदीर्घि ताली र हुटिङले गुञ्जिएको थियो।
- अर्जेन्टिना जोर्डनविरुद्ध २-१ ले अगाडि छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा कप्तान लियोनेल मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियममा उपस्थित समर्थकहरूले भव्य स्वागत गरेका छन्।
दोस्रो हाफमा प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई मैदानमा उतारेपछि दर्शकदीर्घि ताली र हुटिङले गुञ्जिएको थियो। मेसीको परिवार पनि स्टेडियममै उपस्थित रहेर खेल हेरिरहेको छ।
अर्जेन्टिनाले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले स्कालोनीले मेसीलाई सुरुआती टोलीमा नराखी विश्राम दिएका थिए। उनले खेलअघि नै मेसी दोस्रो हाफमा मैदान प्रवेश गर्ने बताएका थिए।
हाल अर्जेन्टिना जोर्डनविरुद्ध २–१ ले अगाडि छ। जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरेका छन् भने जोर्डनका मुसा अल–तमारीले एक गोल फर्काएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण