ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले गत भदौ २४ पछि राष्ट्रियता कमजोर भएको बताएका छन्।
- उनले नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन प्रतिक्रियावादी लागिरहेको आरोप लगाए।
- प्रचण्डले राष्ट्रिय स्वाधीनताका पक्षमा र निरंकुशताका विरुद्ध शीघ्र वामपन्थी एकता र सहकार्य गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
भदौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको बताउँदै उनले भने, ‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् ।’
‘यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरकुंशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ’, प्रचण्डले भने, ‘सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ ।’
प्रचण्डले विगतका कमजोरीबारे आफू समीक्षा गर्न तयार रहेको भन्दै सबै नेता त्यसमा तयार भएर राष्ट्रका सामु आएको चुनौतीको सामना मिलेर मात्र गर्न सकिने बताए।
‘यसमा ढिला नगरौँ सबैले आ–आफ्नै ठाउँबाट वातावरण बनाउनुपर्छ’, प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण