अपडेट
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
मङ्गलबार, १६ असार २०८३, ०९ : ५५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् ।
- चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको छ ।
- शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् ।
चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ । शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ । केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ ।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
-
१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
-
बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
-
मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
-
‘गोल मेसिन’ हालान्डलाई आइभोरी कोस्टले रोक्न सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण