बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

मङ्गलबार, १६ असार २०८३, १७ : ३७
मङ्गलबार, १६ असार २०८३

काठमाडाैँ। पूर्वी भारतको पश्चिम बङ्गालस्थित एक पेट्रोकेमिकल प्लान्टमा आज भएको आगलागीमा कम्तीमा २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आगलागी हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित प्लान्टको नेफ्था पाइपलाइनमा भएको थियो। पश्चिम बङ्गालको पूर्वा मेदिनीपुर जिल्लास्थित उक्त क्षेत्रमा तीव्र रूपमा आगो फैलिएको थियो। यो क्षेत्र प्यपिबतब बाट करिब १३० किलोमिटर दक्षिणपश्चिममा पर्छ।

प्रहरीका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो । घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये प्लान्टका कामदार तथा कम्तीमा दुई जना सुरक्षा गार्ड रहेका छन्।

घटनास्थलबाट प्राप्त दृश्यमा जलिरहेको पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको तथा अग्निनियन्त्रकले पानीको फोहोरा प्रयोग गरी आगो नियन्त्रणमा लिएको देखिएको छ।

नेफ्था इन्धन तथा विभिन्न रसायन उत्पादनमा प्रयोग हुने अत्यधिक ज्वलनशील पेट्रोलियम पदार्थ हो।

आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । हल्दिया पेट्रोकेमिकल्सले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप