बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
सारांश
- स्पेनिस क्लब बार्सिलोनाले फरवार्ड अन्सु फाती फ्रान्सेली क्लब मोनाकोमा स्थायी रूपमा आबद्ध भएको पुष्टि गरेको छ ।
- २३ वर्षीय फातीले मोनाकोसँग चार वर्षको सम्झौता गरेका छन्, जसले बार्सिलोनामा उनको सात वर्ष लामो यात्रा समाप्त पारेको छ ।
- बार्सिलोनाले फातीको स्थानान्तरणबाट ११ मिलियन युरो प्राप्त गर्नेछ र भविष्यमा हुने पुनः बिक्रीबाट निश्चित प्रतिशत रकम पाउने अधिकार सुरक्षित राखेको छ ।
बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले फरवार्ड अन्सु फाती फ्रान्सेली क्लब मोनाकोमा स्थायी रूपमा आबद्ध भएको पुष्टि गरेको छ ।
गत सिजन मोनाकोमा ऋणमा खेलेका २३ वर्षीय फातीले अब मोनाकोसँग चार वर्षको सम्झौता गरेका छन् । यससँगै बार्सिलोनामा उनको सात वर्ष लामो यात्रा समाप्त भएको छ ।
बार्सिलोनाले फातीको स्थानान्तरणबाट ११ मिलियन युरो प्राप्त गर्नेछ । साथै, क्लबले भविष्यमा फातीको पुनः बिक्री भए त्यसबाट निश्चित प्रतिशत रकम पनि पाउने अधिकार सुरक्षित राखेको जनाएको छ ।
बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'एफसी बार्सिलोना र एएस मोनाकोबीच अन्सु फातीको स्थानान्तरणका लागि सहमति भएको छ । २३ वर्षीय फातीले ब्लाउग्रानाका रूपमा आफ्नो सातौं चरणको यात्रा समाप्त गरेका छन् । उनले पहिलो टोलीबाट १२३ आधिकारिक खेल खेल्दै २९ गोल गरेका छन्। क्लबले उनको भविष्यमा हुने बिक्रीबाट निश्चित प्रतिशत हिस्सा सुरक्षित राखेको छ ।'
मोनाकोमा बिताएको २०२५–२६ सिजनमा उनले सबै प्रतियोगिता गरी १२ गोल गरेका थिए । उनले फ्रान्सेली क्लब मोनाकोमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अब उनी स्थायी रूपमा मोनाकोमै आफ्नो करिअरलाई निरन्तरता दिनेछन् ।
फाती सन् २०१२ मा १० वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए । त्यसपछि उनी क्लबका सबै उमेर समूह पार गर्दै पहिलो टोलीसम्म पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण