ढुङ्गा बोकर श्रम दिन मनाए मुख्यमन्त्री र मन्त्रीले, १० तस्विरमा हेर्नुहोस्
सुर्खेत । कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रूपमा मनाउने घोषणा गरेअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा वाल विकास केन्द्रको निर्माण कार्य शुरू गरिएको छ ।
श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रको १ कोठे भवनको शिल्यान्यास गरेका छन् ।
सो क्रममा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन् ।
मुख्यमन्त्री शाहीले वाढी पीडीत समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसँग महशुस गरेकाले स्थायी समाधानका लागि आवश्यक पहल अगाडि वढाइसकेको पनि स्थानीयलाई जानकारी दिए ।
२०७० सालको वाढीले वाल विकास केन्द्रको भवन सहित टोलका सवै घर पुर्णारूपमा बगाएको थियो ।
वालविकास केन्द्रको भवन निर्माणसँगै तटवन्ध निर्माण कार्यको पनि शुरूवात गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण