बौद्धका डिएसपी श्याम राई घुस रकमसहित अख्तियारको फन्दामा
शनिबार, २० असोज २०७५, २० : ४६
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।
शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए ।
महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ । आयोगबाट खटिएको टोलीले अहिले मुचुल्का गरिरहेको छ ।
आयोगले राईले घुस बापत लिँदै गरेको १ लाख ४० हजार नगद बरामद गरेको छ ।
‘नगद १ लाख ४० हजार घुस लिँदै गर्दा डिएसपी राईलाई नियन्त्रणमा लिएका हौं’ अख्तियार प्रवक्ता दंगालले भने, ‘स्थानिय ब्यवसायीहरुसँग घुस लिएको भन्ने खुलेको छ, अब थप अनुसन्धान गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण