भक्तपुरमा बिहानै भएको दुर्घटनामा कीर्तिपुरकी युवतीको मृत्यु
शनिबार, ०७ साउन २०७४, १० : ०९
भक्तपुर । शनिबार बिहानै भक्तपुरमा सवारी दुर्घटना हुदाँ एक जना युवतीको मृत्यु भएको छ ।
काठमाडौबाट भक्तपुर तर्फ आईरहेको बा २ क १२१३ नं. को मिनि टिपरले सोही दिशातर्फ आईरहेको बा ७७ प ४२२० नं मोटर साइकल गाडीको पछाडी ठोकिन गई घाईते भएकी कीर्तिपुर बस्ने १८ वर्षीया अश्मी सुनार उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कौशल्टार अरनिको पम्प अगाडी उक्त मोटरसाइकलका दुर्घटना हुदाँ चालक हरी गहतराज, २२, को नागरिक अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव निरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
दुबै सवारी साधन र टिपर चालक जिल्ला भक्तपुर नग।पालिका ९ बस्ने ३२ वर्षीय जीवन ज्याठा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण