विवादका बीच फेरि ३ वटा विधेयक ल्याउने तयारीमा प्रदेश २ सरकार
जनकपुर– प्रदेश २ सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट ३ वटा विधेयकलाई संसदमा लैजान सैद्धान्तिक सहमति लिने भएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ३ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी भएको जानकारी दिए ।
मन्त्री यादवका अनुसार लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति जुटाउने मन्त्रिपरिषदको तयारी छ ।
बिहीबार अपरान्ह ४ बजे बस्ने प्रदेश २ को मन्त्रिपरिषद बैठकबाट विधेयकलाई सैद्धान्तिक सहमति दिन लागिएको हो ।
यसअघि प्रदेश २ सरकारले संघलाई ‘ओभरटेक’ गरेर विधेयकहरु ल्याएको भन्दै आलोचना हुँदै आएको छ ।
प्रदेश २ सरकारले गत २७ असोजमा विपक्षी नेकपाको विरोधका बाबजुत प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गराएको थियो ।
संघीय सरकार मातहत प्रहरीले नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित छ ।
मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममार्फत नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई संघलाई ओभरटेक नगर्न चेतावनी नै दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण