भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रोकियो, विवाह पञ्चमीमा गृहमन्त्री सिंह आउने
जनकपुर– रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने पक्कापक्की भएपछि गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन् ।
भारतीय गृहमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जानकी मन्दिर औपचारिकरुपमा विवाहपञ्चमीको तयारीमा जुट्ने महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
छठ पर्व सम्पन्न भएलगत्तै जानकी मन्दिर व्यवस्थापन समितिले प्रदेश नम्बर २ सरकार तथा स्थानीय निकायसँग समन्वय गरी विवाहपञ्चमीको व्यवस्थापन तथा तयारीमा जुट्ने मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले बताए ।
आउदो मंसिर २६ गते हुन लागेको रामजानकी विवापञ्चमीबारे जानकारी गराउँदै उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथलाई भेटेर निम्तो दिएका थिए । विवाहपञ्चमी महोत्सवका लागि दिएको निमन्त्रणा मुख्यमन्त्री योगीले स्वीकार गर्नुभएको उनले बताए ।
सो दिन जन्ती बनेर आफु जनकपुरधाम जाने घोषणा गृहमन्त्री सिंह र मुख्यमन्त्री आदित्यनाथले गरेको वैष्णवले बताए । उत्तराधिकारी महन्त दासले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तथा गृहमन्त्री र मुख्यमन्त्रीको भ्रमणको लागि भारतीय राजदूतावाससँग समेत आग्रह गरेका थिए ।
पुरानो परम्परागत मान्यताअनुसार प्रत्येक वर्ष भारतको अयोध्याबाट साधुसन्त मात्रै जन्ती बनेर जनकपुर आउने गरेका थिए । तर यसपालि भारत सरकारकै मन्त्रीहरु आउने भएकाले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारानै मन्त्रीको नेतृत्वमा आउन लागेको टोलीलाई स्वागत गराउने गरी तयारी थाल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण