भारतीय गृहमन्त्री सिंहकोे जनकपुर भ्रमण रद्द, मुख्यमन्त्री योगी आउने
जनकपुर–भारतीय गृहमन्त्री राजनाथ सिंहको जनकपुर भ्रमण रद्द भएको छ ।
सिंह आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीको अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुर आउने कार्यक्रम थियो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने कार्यक्रम स्थगित भएपछि गृहमन्त्री सिंह जनकपुर आउने निश्चित भएको थियो । तर उनी पनि नआउने निश्चित भएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यद्यपी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुने जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले बताए ।
गृहमन्त्री सिंह नआउने भएपनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम यथावत रहेको उनले बताए ।
शुक्रबार नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीले जनकपुरमा आएर गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण