स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन : दिमाग चलाउनुस्, मुख चलाएर विकास हुँदैन
काठमाडौँ । अर्थमन्त्री डा. यूवराज खतिवडाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग चलाएर विकास गर्न निर्देशन दिएका छन् ।
स्थानीय तहले दुईवटा हात चलाएर अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिएका हुन् ।
उनले भने, ‘हात मात्र चलाएर हुदैन दिमाग पनि चलाउनुस् । मुख धेरै नचलाउनुस् नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरेर विकासमा लाग्नुस् ।’
उनले स्थानीय तहले सहकारीलाई पूर्वाधार बनाइदिन र सहकारीका उत्पादनलाई बजारीकरणमा सहज बनाइदिने हो भने सहकारीमार्फत विकास गर्न सकिने पनि उनले भने ।
‘सरकारले सहकारी पुग्न नसकेको स्थानमा बाटो देखाइदिने हो, बाटो देखाइदिने काम सरकारको हो, बाँकी काम सहकारीले गर्नुपर्छ । सरकार त ठुला ठुला काममा लाग्ने हो,’ अर्थमन्त्री डा. खतिवडाले भने ।
साथै, उनले सरकार सहकारी र नीजि क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै एक आपसमा प्रतिस्पर्धा होइन सहकार्य गर्न पनि आग्रह गरे ।
यता, तीन नम्बर प्रदेशका सभासद पशुपति चौलागाइले एनजिओ र सहकारीलाई एउटै आँखाले हेर्न नहुने पनि बताए । तीन वटै तहका सरकारले आफ्नो आफ्नो सहकारी ऐनमार्फत काम गर्ने चौलागाइले उल्लेख गरे ।
सहकारी क्षेत्रको प्रवद्धर्नमा प्रदेश तथा स्थानीय तहको भुमिका विषयक प्रादेशिक गोष्ठी राजधानीमा आजबाट शुरु भएको छ ।
विशेष गरी यो तीन नम्बर प्रदेशको गोष्ठी हो । गोष्ठी मंसिर ७ र ८ गते दुई दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण