आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बर्षौदेखि न्यायको खोजीमा भौतारिँदै प्रहरीकै श्रीमती

आइतबार, १६ मङ्सिर २०७५, १८ : ४४
आइतबार, १६ मङ्सिर २०७५

रौतहट– सर्वसाधारणका लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी लिएको प्रहरीकै श्रीमती न्याय खोज्दै बर्षौ  देखि भौतारी रहेकी छिन् । प्रहरी सेवामा कार्यरत श्रीमानबाट बर्षौदेखि पीडित हुनुपरेको भन्दै एक महिलाले गुनासो गर्दै न्यायको खोजी गरिरहेकी हुन् । 

रौतहटको कटहरिया नगरपालिका वडा नंं.–२ हथियाहीटोल घर भएका प्रहरी जवान राजेशकुमार यादवले पटक–पटक कुटपिट गर्ने गरेको र खान लगाउन नदिएको पीडित महिलाको आरोप  छ । मकवानपुर जिल्ला घर भई काठमाडौंको थानकोट बस्ने ज्योती थापामगरको रौतहट घर भई कालिमाटी प्रभागमा कार्यरत प्रहरी जवान राजेशकुमार यादवसँग २०६९ सालमा विवाह भएको थियो ।

महिलाको उजुरीपछि जिल्लाको गरुडामा रहेको प्रहरीको महिला बालबालिका सेवा केन्द्रमा दुवै पक्षलाई राखेर मिलापत्र गराउन खोजपनि सम्भव भएको थिएन ।  गरुडामा कुरा नमिलेपछि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गौरमा पठाइएको थियो ।

प्रहरी जवान यादव र उनकी श्रीमतीलाई गृह जिल्लामानै झिकाएर छलफल गर्न पत्राचार भएकाले उनीहरुलाई झिकाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा समेत कुरा नमिलेपछि ज्योति काठमाडौं फर्किएकी छिन् ।

विवाह भएको केही महिनापछि देखिनै आफुलाइ कुटपिट गर्ने गरेको र घरमा जाँदा परीवारका सदस्यहरुले बस्न नदिएको ज्योतिको आरोप छ ।  २०६९ पुस ४ गते कालिमाटी प्रहरी कार्यालयमा प्रहरीको रोहवरमा विवाह भएको महिलाले बताएकी छिन् ।

विवाह भएको चार महिना पछिदेखी नै आफुलाई यातना दिने गरेको र सँगै बस्न खोज्दा  खान लगाउन नदिएपछि आफु काठमाडांैमा सामान्य व्यापार गरेर जिविकोपार्जन गर्दै आएको उनको दुखेसो छ ।
प्रहरी जवान यादव काठमाडौंबाट २०६९ चैत्रमा सर्लाही जिल्लामा सरुवा भएका थिए ।

सर्लाहीबाटै प्रहरी जवान यादवले २०७० जेठ १९ गते विवाह दर्ता गरेका थिए । उनीहरुले  छोराको जन्मदर्ता समेत सर्लाही बाटै बनाएका छन् । सर्लाहीमा बस्दा पनि कुटपिट गरेर घाइते बनाएको ज्योतिको आरोप छ ।
२७ वर्षीया ज्योती र प्रहरी जवान यादवको ५ वर्षीय छोरा छ । श्रीमानबाट पीडित भएको भन्दै छोरा वोकेर उनी न्याय पाउ भन्दै गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, कालिमाटी प्रहरी प्रभाग र जिल्ला प्रहरी कार्यालय रौतहटमा धाइरहेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप