सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी, जग्गा मिचेको आरोप
धनुषा–महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ ।
नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं. २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो ।
महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै आएका हौं । अहिले आएर नेपाली सेना पिल्लर गाडेको । हामीले भन्दा टेर्दैनन्, उनीहरु राति, दिउँसो जतिबेला मन लाग्यो सयौंको संख्यामा आएर पिलर गाड्छन् तर हाम्रो कुरा मान्दै मान्दैनन् ।’
स्थानीय घुरन महतोका अनुसार सितली देबी महतोको २ विघा, रामप्रताप साहको १ विघा ५ कठ्ठा, रामसोगारथ महतोको १६ कठ्ठा, जोगेन्द्र महतोको ६ कठ्ठा, रेखादेवी यादवको २ कठ्ठा, नवल महतोको ४ कठ्ठा जग्गामा सेनाले जवरजस्ती पिलर गाडेको हो ।
स्थानीयहरुले नेपाली सेनाले गाडेको पिलर तुरुन्तै उखेल्न चेतावनी दिँदै पिलर नउखिलिए संघर्षको कार्यक्रम अन्तर्गत आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
पूर्खौदेखि किसाननगरका स्थानीय किसानहरुले जोतभोग गर्दै आएको सोही स्थानको २ सय ८२ विघा जग्गाको लालपुर्जा स्थानीयले माग गर्दै आएको समयमा ऐलानी जग्गामा प्रदेश २ को पृतना स्थापनाका लागि सरकारबाट हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरणपछि नेपाली सेनाको पृतना स्थापनाको क्रममै हाल स्थानीय किसानहरुको जग्गामा सेनाले पिलर गाडेको हो ।
यता आफ्हरुको नम्बरी जग्गामा सेनाले पिलर गाडेको बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीलाई जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको पीडित रामसोगारथ महतोले दुःखेसो पोखे ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख कार्कीले सेनाले फूटबल ग्राउण्डका लागि ऐलानी जग्गाको आफूसँग स्वीकृति मागेपनि कसैको नम्बरी जग्गामा कब्जा गर्न नपाइने र गरेको भए त्यसलाई हटाउन लगाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण