जनकपुरको डेरी आईसक्रिम फ्याक्ट्रीमा लुटपाट
जनकपुर– जनकपुरस्थित डेरी आईसक्रिम फ्याक्ट्रीमा लुटेराहरुको एक समुहले तोडफोडसहित लुटपाट गरेका छन् ।
जनकपुरको रेल्वेस्टेसनतर्फ रहेको ज्वाईस आईसक्रिम शनिबार राति करिब ९ बजे ५ जना लुटेराहरुको समुहले लुटेको हो । फैक्ट्रीमा एकजना स्टाफ खाना बनाइरहेको समयमा आएका उनीहरुले टिभी र केही फ्रिजहरु तोडफोड गरी गल्ला(दराज)बाट करिब १ लाख ९० हजार रुपैयाँ नगद लुटेर लगेको डेरी आईसक्रिमका सञ्चालक मनिष पूर्वेले जानकारी दिए ।
फैक्ट्रीमा एकजना स्टाफ मात्रै रहेको बेलामा आक्रामक ढंगबाट आएका उनीहरुले एक थान एलसिडि लुट्नुका साथै एकथान कलर टिभीसहित ६ वटा फ्रिजमा समेत तोडफोड गरि लाखौँको क्षति गराएको पूर्वेले जानकारी दिए ।
उनले घटना भएको बेलामा रेल्वे प्रहरी चौकीलाई खबर गरेको र प्रहरी आएर पनि खासै चासो नदिएको गुनासो गरे । उनले फ्याक्ट्रीमा लुटपाट गरेर गईसकेपछि लुटेराले आफुलाई फोन गरि मारिदिने धम्कीसमेत दिएको बताए । डेरी आईसक्रिमका सञ्चालक पूर्वेले आज केहीबेर अघि रेल्वे प्रहरी चौकीमा गई उजुरी दर्ता गराएपनि प्रहरीले वास्तविक लुटेरा पक्राउ गरी कारवाही गर्नेमा आफुलाई विश्वास नभएको गुनासो पोखे ।
यसकारण भयो घटना
करिब ३ वर्ष पूर्व सञ्जितकुमार साहले सिरहामा खोलेको फ्याक्ट्रीमा मनिष पूर्वे काम गर्थे । सिप सिकेलगत्तै उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा करिब ५० लाखको लगानीमा डेरी आईसक्रिम फ्याक्ट्री सञ्चालन गर्न थाले । नातामा सानीआमाको छोरा पर्ने सञ्जितकुमार साहले जनकपुरमा आएर पूर्वेको काम हेरेपछि उनले भन्दा मनग्य आय आर्जन गरेको र फ्याक्ट्रीबाट निकै प्रगति गरेको देखेपछि त्यहिबेला देखि मनमुटाव सुरु हुन थालेको बताइन्छ ।
त्यसपछि सञ्जितले मनिषलाई पाट्नरसिपमै काम गर्ने गरि सहमति गर्न उनले बेला–बेलामा लविंग समेत गरे र मनिषले अन्ततः मानेपनि । तर पाट्नरसिपमा काम सुरु गरेदेखिनै आन्तरिकरुपमा बाधा अवरोध गर्न थालेपछि मनिसले अन्तै फ्याक्ट्री खोल्न उनलाई सुझाए । त्यसलगत्तै सञ्जितले पनि अन्यत्रै अर्थात रेल्वे स्टेसनको वारिपटी फ्याक्ट्री खोले ।
उनले फ्यक्ट्री चलाएपछि निकै नाफामा जान थाल्यो । त्यसपछि उनीहरुले डाहा गरेर आक्रमण गरेको सञ्चालक मनिष बताउँछन् । ‘नियत नै ठिक नभएको र मैले प्रगति गरेको देख्नै नचाहेकोले मलाईनै शत्रु ठानेर मेरो व्यवसाय चौपट गर्ने उद्देश्यले ममाथि आक्रमण गरेको हो’ मनिषले बताए ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले भने आक्रमणकारीको व्यापक खोजी कार्य भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण