कार्यकक्षमा बोलाएर प्रदेश नम्बर २ का मन्त्रीले हाने सचिवलाई झापड
काठमाडौं– प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई परियोजना नदिएको भन्दै उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका छन् ।
आइतबार दिउँसो कार्यकक्षमै बोलाएर मन्त्री यादवले सचिव झालाई गालामा दुई झापड हानेका हुन् ।
झापड हानेपछि मन्त्री यादवले प्रहरीलाई खबर गर्दै नियन्त्रणमा लिन समेत निर्देशन दिएको बताइएको छ । मन्त्रीले सचिवलाई झापड हान्दै नियन्त्रणमा समेत दिन प्रहरीलाई निर्देशन दिएपछि अहिले कर्मचारीले विरोधमा मन्त्री यादवको कार्यालयमा धर्ना दिएका छन् ।
स्रोतका अनुसार क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १९३ गैरसरकारी संस्थाले प्रस्ताव ल्याएकोमा ४० वटा मात्रै छनोटमा परेका थिए ।
ती छनोटमा परेका गैरसरकारी संस्थामा मन्त्रीले भनेको संस्था नपरेपछि यादव सचिवसँग रुष्ट बनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण