थप्पड खाने सचिव अस्पताल भर्ना, लफडा मिलाउन मुख्यमन्त्री मध्यस्तकर्ता !
जनकपुर । प्रदेश नम्बर २ का मन्त्री र सचिवबीचको लफडा मिलाउन मुख्यमन्त्री लालबाबु राउत मध्यस्तकर्ताका रुपमा अग्रसर भएका छन् ।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीचको लफडा मिलाउन मुख्यमन्त्री लालबाबु राउतले मध्यस्तकर्ताको भूमिका निभाउदै कर्मचारीहरुलाई फकाउन थालेका हुन् ।
आइतबारको घटनालाई लिएर कुनैपनि बेला कर्मचारीहरुले मन्त्रालयको कामकाज प्रभावित पार्न सक्ने भन्दै मुख्यमन्त्री राउतले सोमबार बिहान कर्मचारीहरुसँग छलफल गरेका छन् ।
यसअघि प्रदेश सरकारले घटनाको छानविन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिसकेको छ । टोलीले सोमबारबाटै छानविनको काम सुरु गरेको जनाएको छ ।
समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेका छन् ।
प्रदेश नम्बर २ मा मन्त्री र सचिवको लफडा: मन्त्रीले यसकारण कुटे सचिव झालाई
सचिव झा अस्पतालमा
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कुटेको आरोप लगाएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।
कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा गएराति नै जनकपुर स्थित निजी अस्पताल केयर नर्सिङ होममा भर्ना भएका हुन् ।
मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग (मस्कुर) सुन्निएको तथा दाँया हातको हाड भाँच्चिएको जस्तो पीडा भएकाले रातिनै अस्पताल भर्ना भएको सचिव झाले बताएका छन् ।
‘शरीर कमजोर भएको छ । रातीबाटै स्लाइन चढाएको छ । हातको एक्सरे पनि गरिएको छ,’ सचिव झाले बताए ।
आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुख सरोज कुमार यादवकै अगाडी हात र लात्तले हानेको सचिव झाको आरोप छ ।
तर, मन्त्री यादवले भने उनीमाथि हातपात नगरेको दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण