पारिश्रमिक पाउने भएपछि काममा फर्किए मलेसियामा हडतालरत नेपाली कामदार
काठमाडौँ — मलेसियामा कार्यरत करिब २ हजार नेपाली कामदार काममा फर्कन सहमत भएका छन् । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपाली कामदार तीन महिनादेखि तलब नपाएपछि हडताल बसेका थिए ।
सोमबारदेखि हडतालमा बसेका कामदारहरु सबै पारिश्रमिक पाउने भएपछि बुधबारबाट काममा फर्किएका हुन् । नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको निगरानीमा आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम पारिश्रमिक र ओभरटाइमबापतको सबै पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले सोमबार नै श्रमिकको खातामा नोभेम्बरसम्मको तलब हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ ।
कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण