कम्युनिष्ट पार्टीमा नेतालाई देउता ठानिँदैन : नेता नेपाल
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विगतको एक वर्षमा सरकारले गरेका विभिन्न कामकारवाहीको समीक्षा गरी सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधबार जनकपुरमा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले वर्तमान सरकारले विगतका कमिकमजोरीलाई स्वीकार गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकारले कामहरुको राम्ररी वस्तुनिष्ठ ढंगले समीक्षा गर्दै कमजोरीलाई सुधारेर काम गर्नुपर्छ । आगामी वर्षको नयाँ यात्राको लागि जनताको मन जित्नतर्फ सरकार काममा लाग्नुपर्छ ।’
त्यस्तै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठन भएको नेकपासमेत अन्योलमा रहेको बखत उनले पार्टी विधिसम्मत चल्नुपर्ने टिप्पणी गरेका छन् ।
उनले पार्टी निर्माणको काममा लागेका अध्यक्षद्वयहरुले आफू अनुकुल पार्टी चलाउन खोजेको बताए । ‘पार्टी विधिबाट चल्नुपर्छ । कम्यूनिष्ट पार्टीको विधि हुन्छ र सोहि अनुसार कमिटी चल्छ । तसर्थ त्यही अनुसार अघि बढ्नुपर्छ,’ उनले भने, ‘कम्युनिष्ट पार्टीमा नेतालाई देउता ठानिँदैन । यो नेताहरुले बुझ्नुपर्छ ।’
नेता नेपाल जनकपुरस्थित कविर बाल बात्सल्य अनाथ आश्रममा आयोजित कार्यक्रममा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण