मलेसियाका लागि नेपाली राजदूत नियुक्त
बुधबार, ०१ फागुन २०७५, १८ : १४
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।