मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज पुगेर एमाले नेताले थाहा पाए– मधेसमा अझै समस्या छ

मङ्गलबार, १७ साउन २०७४, १५ : २४
मङ्गलबार, १७ साउन २०७४

पार्टीविरुद्ध मधेशमा छरिएको भ्रम चिर्न एमाले पत्रकारलाई पोखरेलको आग्रह

वीरगञ्ज– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसमा अझै समस्या रहेको स्वीकार गरेका छन् । वीरगञ्चमा एमाले निकट पत्रकार संघ प्रेस चौतारीको २ नम्बर प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमालेबारे मधेशमा फैलाइएको भ्रम चिर्न आफ्ना पार्टीका पत्रकारहरुलाई आग्रह गरे ।  

त्यसको समाधानका लागि पनि एमालेले नै नेतृत्वदायी भूमिका खेलिरहेकोले एमालेले गरेको कामको विषयमा जनतालाई सुसुचीत गर्न आवश्यक रहेको उनले बताए । अधिकार सम्पन्न समृद्ध मधेशको खाका एमालेले ल्याउने तर त्यसलाई यहाँ रहेका मधेशवादी भनिएका दलले गलत व्याख्या गर्ने प्रबृत्ति देखिएकोले त्यसको भण्डाफोर गर्न आफ्ना पत्रकारहरुलाई आग्रह गरे । 

मनमोहन अधिकारी प्रधानमन्त्री भएकै बेलादेखि एमालेले मधेशको नागरिकता समस्या समाधानको लागि अधिकार सम्पन्न आयोग बनाएर काम गरेको भएपनि कांग्रेसले त्यसलाई लागु हुन नदिएको उनले आरोप लगाए । आज मधेशवादी दलमा नेतृत्व गरीरहेका व्यक्तिहरु हिजोको दिनमा कांग्रेसमै बसेकोले त्यस विषयमा आवाज नउठाएको महासचिव पोखरेलले उल्लेख गरे । नागरिकताको विषयमा नेपालको संविधानमा भएको व्यवस्था दक्षिण एशियाली मुलुकमै उत्कृष्ट रहेको पोखरेलको भनाई थियो ।

एमाले नागरिकता विरोधी भन्ने विषयलाई मधेशमा बढि उछालिएकोप्रति टिप्पणी गर्दै महासचिव पोखरेलले एमालेको आपत्ति मुलुकमा प्रमुख पदहरुमा अंगिकृतलाई राख्नु हुँदैन भन्ने मात्रै रहेको बताए । यहाँका रैथाने मधेशीलाई नेपालको जुनसुकै पदमा पुग्नका लागि कुनै समस्या नभएको तर अन्य देशबाट आएका नागरिकलाई माथिल्लो पदमा पुग्न संविधान संशोधन गर्नुपर्छ भन्ने कुराको कुनै तुक नहुने उनको भनाई थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप