दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा
सियोल– भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् ।
सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएका थिए । उनले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए ।
सियोल उच्च अदालतले पूर्व राष्ट्रपति ली ले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिनुभएको निवेदनलाई स्वीकृत गरेको थियो ।
अदालतको आदेशमा पूर्व राष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ । उनीमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ । पूर्व राष्ट्रपति लीले उक्त शर्तहरु स्वीकार गरेका छन् ।
लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने छ । उनले दैनिक कार्यहरुको सूची समेत बनाउनु पर्नेछ ।
पूर्व राष्ट्रपति ली माथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पु¥याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ । –योनहाप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण