दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा
सियोल– भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् ।
सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएका थिए । उनले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए ।
सियोल उच्च अदालतले पूर्व राष्ट्रपति ली ले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिनुभएको निवेदनलाई स्वीकृत गरेको थियो ।
अदालतको आदेशमा पूर्व राष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ । उनीमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ । पूर्व राष्ट्रपति लीले उक्त शर्तहरु स्वीकार गरेका छन् ।
लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने छ । उनले दैनिक कार्यहरुको सूची समेत बनाउनु पर्नेछ ।
पूर्व राष्ट्रपति ली माथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पु¥याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ । –योनहाप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरिया रिटर्नीहरूका लागि 'के हामी' परियोजना सुरु
-
एभरेष्ट बैंकद्वारा कपिलवस्तुमा नयाँ एक्स्टेन्सन काउन्टर उद्घाटन
-
नियम विपरीत रनवे क्रस गरेको अभियोगमा सिम्रिक एयरका पाइलट निलम्बित
-
वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने आजपाको निर्णय
-
उपनिर्वाचनमा किन हार्यो कांग्रेस ?
-
सहकारी ठगीमा राप्रपा सांसद फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी