‘महिला अधिकारको क्षेत्रमा नेपाल र चीनको सहकार्य आवश्यक’
काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालमा महिला दिवस मनाईरहँदा संविधानले सुनिश्चित गरेका हक अधिकार के कति कार्यन्वयन भए भनेर फेरि एक पटक सवैले समीक्षा गर्नु पर्ने बेला भएको बताएकी छन् ।
१०९ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल स्थित चिनियाँ राजदूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले नेपालको संविधानले ३३ प्रतिशत हक अधिकार सुनिश्चित गरेको भन्दै सरकार त्यसको पूर्ण कार्यान्वयन गर्नेतर्फ प्रतिवद्ध रहेको बताइन् ।
मन्त्री थापाले छिमेकी राष्ट्र चीनसँग मिलेर महिला अधिकारको क्षेत्रमा नेपाल सरकार सहकार्य गरेर अगाडि बढ्न चाहेको समेत बताइन् । नेपाली र चिनियाँ महिलासँग हातेमाले गर्दै आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक रुपमा सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्गीले नेपाल–चीनबीच सम्बन्ध र सहकार्य विगतदेखि नै रहँदै आएको र यो सम्बन्ध झन् सृदृढ गर्ने बताईन् । राजदूत याङ्गीले दुई मुलुक बीच महिलाहरुको क्षमता विकास र अधिकारका लागि आगामी दिनमा अझै सहकार्य हुने बताइन् । लैगिंक समानता र महिला विकासको क्षेत्रमा नेपालले ठुलो उपलव्धि हाँसिल गरेको भन्दै प्रसंशा समेत गरिन् ।
सन् २०१८ मा २६० जना महिलालाई चीन सरकारले तालिम प्रदान गरेको समेत उनले जानकारी दिइन् । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला सांसद, नेतृका साथै सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण