रुपन्देहीमा अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु
आइतबार, २६ फागुन २०७५, २२ : २१
बुटबल–रुपन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार मोटरसाइकलमा सवार व्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० वर्षीय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समुहले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
आक्रमण गर्ने समुह फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण