सरकारसँगको सहमतिपछि यस्तो छ सिके राउत समूहको जवाफ
बुटवल । सरकार र सिके राउत समूहबीच ११ बुँदे सम्झौता भएपछि आ–आफनै तरिकाले विभिन्न टिकाटिप्पणी आइरहेको छ । यो हप्ता देशको राजनीति सरकार र सिकेबचि भएको सम्झौताले तातिरहेको छ ।
सहमतिका केही बुँदाहरु अस्पष्ट भएको भन्दै सत्ता पक्षसँगै प्रतिपक्षका केही नेताहरुले सच्चाउन माग गरेका छन् भने केहीले स्वागतयोग्ग भएको बताएका छन् ।
गत फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति स्वागतयोग्य भएको स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले जनाएको छ । ११ सुत्रीय सम्झौताले मधेश र समग्र देशको हितमा रहेको गठबन्धनको दावी छ ।
स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जनताको चाहना अनुरुप जनअभिमतबाट लोकतान्त्रिक विधि अनुरुप समाधान गर्न पाउने सहमति स्वागतयोग्य भएको जनाएको छ ।
गठबन्धनका रुपन्देही संयोजक भोपेन्द्र यादवले सामाजिक एकता कायम गरी मधेशको पूर्ण अधिकारको लागि शान्तिपूर्ण अवतरण हुने वातावरण सिर्जना भएकोले त्यसलाई स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीले स्वीकारेको जानकारी गराए । आफूहरुले संसदीय प्रणालीमार्फत मधेसका अधिकार र मुद्दालाई स्थापित गर्ने यादवले पत्रकार सम्मेलनमा बताए ।
‘हामी सांसद, मन्त्री बन्नलाई होइन, बरु मधेशको अधिकार स्थापित गर्न सरकारसँग सम्झौता गरेका हौं,’ उनले भने, ‘हामीले उठाएको मुद्दालाई ‘सेफ ल्याण्डिङ’मा लगेका छौं ।’

स्वतन्त्र मधेश गठबन्धनका नेता÷कार्यकर्ताहरुमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता हुने र गिरफ्तार भएकाहरु निशर्त रिहा गरिने कदम पनि सराहनीय रहेको उनले बताए ।
‘२०७३ सालमा रुपन्देहीको मर्चवार घटनामा ५० जना बढी नागरिकमाथि मुद्दा चल्यो । अब केही दिनमै मुद्दा फिर्ता हुँदैछ । यो सहमतिबाट मर्चवारवासीमा जोस, जाँगर र उमंग आएको छ,’ यादवले भने ।
सहमतिअनुसार सरकार र गठबन्धन दुवै अगाडी बढे मधेस र देश दुबै समृद्ध हुने उनले बताए । अब कैलालीको टिकापुर घटनामा जेलजीवन बिताइरहेका रेशम चौधरीलगायतलाई शान्तिपूर्ण मार्गबाट न्याय दिलाउन पहल गरिने स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका सह–संयोजक दिलिप यादवले बताए ।
‘स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सिके राउतद्वारा हस्तक्षरित सम्झौताले स्वतन्त्र मधेश गठबन्धन रुपन्देही स्वागत गर्दछ’ उनले भने । उनले संसदीय प्रणालीबाट मधेशको समस्याको समाधान खोजिने पनि बताए ।
पाँच नम्बर प्रदेशका अन्य जिल्ला भन्दा रुपन्देही सिके राउत समूहको पडक क्षेत्र मानिन्छ । केही समयअघि राउत यहाँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण