आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा महिलाको हत्या, श्रीमान्सहित चारजना पक्राउ

आइतबार, १७ चैत २०७५, २० : ४०
आइतबार, १७ चैत २०७५

रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलमा कुटपिट गरी २८ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्सहित चार जनालाई आइतबार नियन्त्रणमा लिएको छ ।

गढीमाई नगरपालिका वडा नम्वर १ समनपुरको हरैया टोल बस्ने सुनिता कुमारी ठाकुरलाई कुटपिट गरी हत्या गरेर शव जलाउँदै गरेको अवस्थामा प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षाक अनमोल खडकाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतक महिलाको शवसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

पक्राउ पर्नेमा मृतक महिलाका ३० वर्षीय श्रीमान् सरमोद ठाकुर, ६० वर्षीय काका रामेश्वर ठाकुर, १९ वर्षीया निभाकुमारी ठाकुर र १८ वर्षीया सिमाकुमारी ठाकुर रहेको डिएसपी नविन कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार सुनितालाई श्रीमान्, काका ससुरा, नन्दहरु मिलेर घर भित्रै कुटपिट गरे हत्या गरेको पछि विभिन्न विरामी भएको बहाना बनाई ना. २ च. ७२५९ नम्बरको एम्बुलेन्समा राखेर उपचार गराउन विरगंज तर्फ शनिवार साँझ लगेका थिए ।

महिलाको हत्याको शंका कसैले नगरुन् भनेर परिवारजनले एम्बुलेन्समा राखेर बाहिर उपचार गराउने बहाना बनाएको पछि बाटोमै मरेको भन्दै राती नै शव जलाउन लाग्दा गाउँलेको मद्दतबाट मृतक महिलाको माइती पक्षलाई खवर गरिएको थियो ।

माइती पक्षको खवरको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र इप्रका समनपुरबाट खटिएको प्रहरीले शव जलाइरहेको स्थानबाट चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए ।

सुनिताको हत्या गरी शव पूर्ण रुपमा जलाइसकेको भएपनि केही अवशेषहरु प्रहरीले फेला पारेको जानकारी दिँदै डिएसपी कार्कीले घटना शंकास्पद देखिएको हुँदा तिनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताए ।

हरैया टोलका स्थानियहरुले  हत्या भएको दावीगरे पनि प्रहरीले पूर्ण रुपमा अनुसन्धान नगरिकन हत्या किन र केको लागि गरिएको बारे केही भन्न नसकिने डिएसपी कार्कीले बताएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप