गुल्मीको बडिगाड खोलामा बन्दै गरेको पक्की पुल भत्कियो, ५ जना घाइते (तस्बिरसहित)
गुल्मी– गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्की पुल भाँचिदा ५ जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कीको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ।
यस्तै निर्माण व्यवसायी समेत रहेका ऋषिराम इटनीलाई काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ।
शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्की पुल संघीय सरकारको बजेटमा ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।
वडा अध्यक्ष काफ्लेले इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गरे । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो । गत वर्ष सोही स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो। यहि जेठ महिनावाट तर्न मिल्ने गरी तीव्र गतिमा काम भैरहेको पुल भत्किएपछि स्थानीयहरु चिन्तित बनेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण