भीआईपीको उपस्थितिमा लुम्बिनी भम्रण वर्षको शुभारम्भ गरियो (फोटोफिचर)
बुटवल– गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा शनिबर २५६३ औं बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ ।
बुद्धजन्यन्तीको अवसर पारेर शनिबार नै लुम्बिनी भम्रण वर्षको औपचारिक शुभारम्भ गरिएको छ । भ्रमण बर्षको राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यमन्त्री शंकर पोखरेल, विभिन्न पार्टीका नेताहरु, संघसंस्थाका प्रतिनिधि, भिक्षुहरुलगायतको सहभागिता रहेको थियो ।
२५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आएका प्रधानमन्त्री ओली आज बिहानैदेखि कार्यक्रममा व्यस्त भए । बिहान उनले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे । लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो । वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्यालीमा सहभागी भए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण