प्रदेश पाँचको नीति तथा कार्यक्रम यस्तो आयो (पूर्णपाठसहित)
प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को लागि नीति कार्यक्रम अहिले प्रस्तुत गरेका थिए ।
‘गरौं व्यावसायिक कृषि, यसैबाट शुुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने नारा तय गरी प्रदेश पाँचको निति तथा कार्यक्रममा कृषि र पर्यटनलाई बिषेश जोड दिइएको छ ।
गत वर्षको नीति तथा कार्यक्रमले प्रदेशको समृद्धिको बाटो खोलिएको सांसदहरु बताउँछन् । विभिन्न कारणले उत्साहन नभए पनि सन्तोषजनक भएको बताइएको छ ।

मन्त्रीपरिषदको अस्ति मंगलवार बसेको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गरेको थियो ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु समेटिएका छ ।
निति तथा कार्यक्रममा प्रदेशमा १० वटा राष्ट्रिय गौरवका आयोजना गरी सञ्चालन गर्ने उल्लेख गरेको छ । सौर्य उर्जाको लागि अध्ययन गरी व्यावसाय रुपमा पाँच बर्षभित्र ३ सय मेगावाट उत्पादन गर्ने नीति कता कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेश विश्व विद्यालयको स्थापन गर्ने, उच्च शिक्षा प्राविधिक धारका कलेज स्थापना गर्ने, प्रदेशस्तरीय ट्रमा सेन्टर स्थापना गर्नेलगायतका नीति रहेका छन् ।
गत सालबाट शुरु भएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम विस्तार गरिने जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण