पण्डित दीनबन्धु पोखरेललाई अमेरिकामा मानार्थ नागरिकता
काठमाडौं– चर्चित पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ ।
हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।
नेपाली समूदायप्रति पुर्याएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ ।
यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् ।
उनले भनेका छन्, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन । अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस् ।’
उनलाई दिइएको मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर रहेका छन् । ढकाल सो नगरका नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण