मुख्यमन्त्री राईद्वारा नेपाली राष्ट्रिय सम्मेलन उद्घाटन
बाल्टिमोर । मुख्यमन्त्री शेरधन राईले नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । जुलाई ५ देखि ७ सम्म सञ्चालन सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राइले नेपाली जनता देशका मालिक बन्न सफल भएको बताए ।
‘अहिले सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको हो’ मुख्यमन्त्री राइले पछिल्लो राजनीतिक उपलब्धि आपसी विश्वास, समन्यव र सहकार्यबाट भएको भन्दै देश नयाँ प्रणालीमा गएकाले देशका नतिजाहर बिस्तारै देख्न सकिने बताए ।
मुख्यमन्त्री राईले अमेरिकामा आएर मेहनत गरेर नेपालीहरुले सिकेको ज्ञान र सिप स्वदेशमा खर्चिन आग्रह समेत गरे ।
देशलाई प्राविधिक जनशक्ति र योजनाकारहरुको खाँचो भएको भन्दै उनले उनले नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको बताए ।
कार्यक्रममा राजदुत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त ,अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, महाबाणिज्य दूत प्रेम राजा महत, नेपाली काँग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरी, नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण