सत्यवती अपडेट: तीन दिनदेखि बेपत्ता शव फेला, मृतकको संख्या १३ पुग्यो
गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार नेपाली सेनाले तीन दिनदेखि वेपत्ता शव फेला पारेपछि मृतकको संख्या बढेको हो । सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी मिनबहादुर घलेले वडा नम्वर ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका ७ बर्षिया तारा बिक र डेढ बर्षीय बालक सञ्जु विक , वडा नं ३ को ठुलोलुम्पेकमा ३४ बर्षिया माया बिक उनका १४ बर्षिय छोरा बबि बिकको शव फेला परेको जानकारी दिए ।
पाल्पाबाट आएको नेपाली सेनाको टोलीले वेपत्ताहरुको खोजी कार्य गरिरहेको थियो ।
वडा नम्वर ३ लिम्घामा सोमवार पहिरोले घर बगाउँदा मंगलबार सम्म एकै परिबारका निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।
पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई बुधबार परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उपचारका लागि हेलिकप्टर राखेर काठमाण्डौ ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण